नुवाकोटमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो



नुवाकोट,जेठ ३२ । नुवाकोटमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।

जिल्लाको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको हो ।

सडक छेउको ड्रेन सरसफाइका क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको ज्यान गएको हो । शव पोस्टमार्टमका लागि त्रिशुली लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्