कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत



काठमाडौं,जेठ ३२ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गरेका छन् ।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक सर्वेक्षण २०७९–८० पेस गर्दै उनले प्रदेशको सामाजिक सूचकहरुमा क्रमशः सुधार आएको दावी गरे । समग्रमा प्रदेशको आर्थिक परिसूचकमा केही प्रतिकूल रहेको भएता पनि सामाजिक सूचकमा क्रमशः सुधार आएको आर्थिक सर्वेक्षणमा भनिएको छ । 

देशको समग्र कृषि उत्पादनमा यस प्रदेशको योगदान १७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको कूल ग्राहस्थ्य उत्पादन वृद्धि १.८ प्रतिशत हुने अनुमान गरिएको छ । गत आव २०७८–७९ मा यस प्रदेशको कूल ग्राहस्थ्य उत्पादन वृद्धि ६.७० हुने अनुमान गरिएको थियो ।

मन्त्री लामाले प्रदेश सरकारको सार्वजनिक आय र व्यय बढ्दै गएको भन्दै प्रदेशको खर्च क्षमता बढ्दैगएको बताए। यसैबीच प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट असार १ गते ल्याउने भएको छ ।

शुक्रबार दिउँसो ३ः०० बजे बैठक बस्नेगरी स्थगित गरिएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । असार १ गते मन्त्री तामाङले आर्थिक वर्ष २०८०–८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेगरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको बताए । 

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची बनाएको छ । साथै, मन्त्री तामाङले सोही बैठकमा बागमती प्रदेश सरकारको आव २०७९–८० को गत चैत मसान्तसम्मको प्रगति विवरण पेस गर्नु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्