आजदेखि नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी छुट्ने



काठमाडौं,असार १ । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्ने भएका छन् ।

आज (असार १ गते) देखि नयाँ बसपार्कबाट मात्रै गाडी संचालन हुने भएका हुन् ।

महानगरले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्