‘आदिपुरुष’ को विवादास्पद संवाद सच्याइयो



काठमाडौं,असार १ । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।

“सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि नै प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्