देश र जातिलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, असार १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्।

भूमे पर्वको अवसरमा नेपाल मगर संघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो। यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो।’

प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए।

प्रतिक्रिया दिनुहोस्