राहदानीको मूल्य घट्यो
काठमाडौं, असार १ । सरकारले राहदानीको मूल्य घटाएको छ । राहदानी विभागले असार ३ गतेबाट लागु हुने गरी राहदानीको मूल्य घटाएको हो।
योसँगै राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयहले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको थिए।
जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

