भोलि शनिबार रवि लामिछाने टोखा झोर आउने
काठमाडौ,असार १ । भोलि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टोखा नगरपालिका वडा नम्बर १ झोर आउने भएका छन् ।
पार्टीको संगठनात्मक विशेष कार्यक्रममा सहभागी हुन लामिछाने झोर आउने भएका हुन ।
वाग्मती प्रदेश संगठन विभागका सचिव सुमनकुमार धितालका अनुसार रास्वपा एक वर्ष पूरा भएको अवसरमा रक्तदान, वृक्षारोपण, पदयात्रा तथा विविध खेलकुदका कार्यक्रममा सहभागी हुन लामिछाने आउने तयारी गरिएको छ । कार्यक्रम शनिबार बिहान ७:३० देखि झोरमा रहेको झरना पार्टी प्यालेसमा हुने बताइएको छ ।

