सरकारले गर्‍यो एकैपटक ५ जना सचिवको सरुवा, को कहाँ पुगे ?



काठमाडौं,असार २ । सरकारले एकैपटक ५ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र खानेपानी मन्त्रालयका सचिवहरू हेरफेर भएका हुन् ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । भण्डारी ४ वर्ष योजना आयोगमा बसेका थिए । सह-सचिवबाट सचिवमा बढुवा भएदेखि उनी नै योजना आयोगमा थिए ।

त्यस्तै श्रम मन्त्रालयमा सचिव एकनारायण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोया नारायण ज्ञावली योजना आयोगमा सरुवा भएका छन् ।

त्यस्तै खानेपानी मन्त्रालयका सचिव मनि राम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव राम अधर शाह खानेपानी मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्