गाडी दुर्घटनामा स्याङ्जाका पूर्व मेयरको मृत्यु



स्याङ्जा,असार २ । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार राती पुतली बजार राङ खोलाबाट स्याङ्जा बजार जाँदै गरेको १५ च १७०९ नम्बरको स्कारपियो दुर्घटना हुँदा पूर्व मेयर गिरीको मृत्यु भएको हो ।

गम्भीर घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्