राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो – रवि लामिछाने
काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी फल लागेको वृक्ष भएको तर्क प्रस्तुत गरेका छन् ।
पार्टी पंक्तिमा यदाकदा आलोचना खेप्नुपरेको प्रसङ्गलाई अगाडि सार्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष भएकाले जोकोहीले ढुङ्गा हान्ने गरेको बताए ।
नेपाली जनताले आशा र भरोसा राखेको पार्टी भएकाले त्यसप्रकारको क्रियाकलापमा अलमलिने छुट नभएको बताए । लामिछानेले पार्टीप्रतिका अनावश्यक टिकाटिप्पणीबारे ठट्यौली शैलीमा भने- ‘कतिपयले भन्नुहुन्छ हामीलाई यस्तो आलोचना आउँछ तर किन बोल्नुहुन्न?तर मैले उहाँहरुलाई भन्ने गर्छु हानिएका ढुङ्गालाई जवाफ फर्काउन हुँदैन, ती आएका ढुङ्गालाई जम्मा पारी बरु हर्क साम्पाङले झै पानी ल्याउने काम गरे भैगोनी!’
पार्टी स्थापना दिवसको अवसरमा वाग्मती प्रदेश स्तरीय रास्वपाको कार्यक्रम टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको झरना पार्टी प्यालेसमा भएको थियोे । कार्यक्रममा पार्टीका युवा पंक्तिमा रहेको तोषिमा कार्की लगायतका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।
यस सम्बन्धि भिडियो हेर्नुस् :-

