नयाँ बसपार्कमा ५६ टिकट काउन्टर थपिए



काठमाडौं,असार ३ । काठमाडौं महानगरले उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुनुपर्ने अनिवार्य गरेसँगै ५६ वटा टिकट काउन्टर थपिएका छन् । महानगरको यस निर्णयबारे खालका खालका प्रतिक्रिया सार्वजनिक भएपनि यसले उपत्यकाको सडक चापमा गुणात्मक सुधार हुने धेरैको अपेक्षा छ ।

सार्वजनिक सवारी साधन व्यवस्थित बनाउन असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि नयाँ पूर्वाधार बनाउने क्रमले तीब्रता पाएको छ । यसअघि काठमाडौं भित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउन्टर थपिएको हो । महानगरले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित सञ्चालन भएका टिकट काउन्टर हटाएको थियो ।

बसपार्कको व्यवस्थापना जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले अन्य स्थानमा रहेका काउन्टर हटाइएको जानकारी दिए । महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ । एकै ठाउँबाट काम गाडी छुट्ने हुँदा यात्रुहरु नठगिने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले बताए ।

बसपार्कभित्र हुने बिचौलियाले यात्रुले दिने हैरानी कम गर्न सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकबहादुर गौतम बताउछन् ।

प्रतिक्रिया दिनुहोस्