ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि हुँदै



काठमाडौं,असार ४ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशन सोमबार(आज)देखि सुरू हुँदैछ ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, ७ वटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय संघको अधिवेशन सम्पन्न गरी सातौं महाधिवेशन गर्न लागेको जानकारी दिए ।

उनले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध संघमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्