गाडी दुर्घटनामा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन !
धनगढी ,असार ५ । बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजको चिकित्सक टिमले ५ः३३ मिनेटमा निधन भएको घोषणा गरेका छन् । हेलिकप्टरबाट उपचारको लागि नेपालगञ्ज पुर्याइएको मन्त्रीको निधनको प्रेस विज्ञप्ती मार्फत नेपालगञ्ज मेडिकल कलेजले जानकारी गराएको छ ।
बाकी दुई जनाको भने उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।

