नागरिक उड्डयन प्राधिकरण बिरुद्ध बालेन शाहले उच्च अदालतमा रिट दायर
काठमाडौं,असार ७ । नागरिक उड्डयन प्राधिकरणले बिरुद्ध काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले रिट दायर गरेका छन् ।
काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि शाहले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।
तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।

