बजेटले सरकार नै ढल्ने चर्चा, चित्त नबुझे गठबन्धन फेरिने गगन थापाको जिकिर



काठमाडौं,असार ९ । बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण अहिले सरकार ढल्ने अवस्थामा आएको राजनितिक वृृतमा चर्चा हुन थालेको छ। सत्ता गठबन्धनमै सामेल रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बजेट पारित गर्न नदिने औपचारिक निर्णय समेत गरिसकेको छ ।

जनता समाजवादी पार्टी र जनमत पार्टीले पनि बजेटमा चर्को विरोध जनाइरहेका छन्। त्यतिमात्रै नभएर गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका अधिकांश सांसदहरुले पनि बजेटमाथि विरोध जनाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आईरहेको छ। यस्तै असन्तुष्टिका बिचमा गठवन्धन फेरिने र सरकार ढल्ने चर्चा सुरु भएको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताएका हुन् ।

नेकपा एमालेले गठवन्धनमा भईरहेको खटपटलाई नियालिरहेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवाली सरकार आपसी अन्तरविरोधका कारण टिक्ने अवस्थामा नरहेको बताउँछन् । सरकार ढल्यो भने एमालेका कारण नभएर उनिहरुको आफ्नै कमीकमजोरीका कारण हुने बताउँदै एमालेको नेतृत्वमा सरकार बन्ने तर आफुहरु कांग्रेसको मात्र नभएर अरु कसैको नेतृत्वको सरकारमा नजाने तर्क नेता ज्ञवालीको छ ।

प्रतिक्रिया दिनुहोस्