अब विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाउने
काठमाडौं,असार १२ । सधै भीडभाड हुने विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि छुट्टै ब्यवस्थापन गरिने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाइने भएको हो ।
यात्रुको बिदाइ तथा स्वागत गर्न आउने भीडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको कारण सो नियम बनाइएको जनाएको छ ।

