ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग



काठमाडौं, असार १३। ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो।

पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज गरेर मङ्गलबार नै छोड्यो।

मङ्गलबार बिहान पहिलो पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, धर्मप्रसाद गौतम अहिलेपनि प्रहरी हिरासतमै रहेका छन् भने डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै छुटे । सोही बारेमा बुधबार मध्यान्ह केन्द्रीय अनुसन्धान ब्युरोले जनाकारी दिनका लागि पत्रकार सम्मेलनको आयोजना गर्यो।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले सरकारले अधिग्रहण गरिसकेको जग्गा हडपेर विस २०४९ सालमा व्यक्तिले जग्गा लिएको देखिएको बताएका छन्। उनले सो प्रकरणमा अन्य विभिन्न व्यक्तिहरू पनि मुछिएको बताए।

प्रतिक्रिया दिनुहोस्