बजेट बहुमतले पारित
काठमाडौं,असार १४ । आर्थिक वर्ष ०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।
मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक पारित भएको घोषणा गरे । विधेयकको पक्षमा १४७ मत परेको थियो, जुन प्रतिनिधिसभाको बहुमत हो । विधेयकको विपक्षमा १०८ मत परेको थियो । बैठकमा २५५ सांसदको उपस्थिति थियो ।
त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए ।
नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेपछि सभामुखले उक्त प्रक्रिया अघि बढाएका थिए ।

