आज बकर इद मनाइँदै
काठमाडौं,असार १४ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए । उनका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ ।
मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

