राजनीतिमा नयाँ प्रवृत्ति धेरै टिक्दैन : अर्थमन्त्री महत



काठमाडौं,असार ३० । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टी धेरै समय नटिक्ने दाबी गरे। 

उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवास, पुलिसको लाठी, डन्डा सहेर पुराना पार्टी निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गररेका हुन् ।  उनले भने, ‘‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ नयाँ प्रवृत्ति यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्। तर यिनीहरु टिक्दैनन्। दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठी, डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’’ अर्थमन्त्री महतले पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती समेत दिए ।

प्रतिक्रिया दिनुहोस्