नेपालबाट हाइलेज घाँस चीन निर्यात शुरू, अर्थतन्त्रमा टेवा पुग्ने आश ?



चितवन,असार ३१ । नेपालबाट पशुपंक्षीको पोषण आहारा हाईलेज घाँसको चीनमा निर्यात शुरूआत गरिएको छ ।

शनिबार भरतपुरमा आयोजित निर्यात शुभारम्भ गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । कृषि तथा पशुपंक्षी मन्त्रालय , नेपालका लागि चाईना दुताबास र भरतपुर महानगरपालिकाको संयुक्त रुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाइलेज निर्यात हुनु नेपालका लागि अर्थतन्त्र सुदृढीकरण हुने विश्वास गरे । 

गृहमन्त्री श्रेष्ठले भने, ‘हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्वर्दनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’ यसले नेपालको मित्रतामा थप बलियो हुने भन्दै अन्य संभावनाको ढोका खुलेको समेत गुहमन्त्री श्रेष्ठले बताए ।  ‘चीन र  नेपालको लामो समयदेखि असल मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ,। निरन्तर सहकार्य हुँदै आएको छ ।  हाइलेज निर्यातले नेपालको  निर्यात प्रर्वद्धनमा थप टेवा पुगेको छ । उनले थपे ।’

उनले हाईलेज को निर्यात हुनु ऐतिहासिक उपलब्धी र कोशेढुंगा   भएको बताए । नेपालले हाइलेजको उत्पादन र गुणस्तरीयतामा बृद्धि गर्नुपर्ने लैजानुमा जोड दिए । कृषि मन्त्री डाक्टर बेदुराम भ्षालले नेपालबाट हाइलेज चीनमा निर्यातको शुरुवात हुनु महत्वपुर्ण योगदान र सुखद पक्ष रहेको बताए । कृषि उत्पादनको निर्यातले नेपालको अर्थतन्त्र सवलीकरणमा मदत पुग्ने बताए । हाइलेजको उत्पादन बृद्धि गर्न बाँझो जमिन मा हाइलेज उत्पादन गर्नुपर्नेमा जोड दिए । 

हाइलेज उतपादन गर्ने न्यू होराइजन इन्टरनेशनल कम्पनीका सिइओ चाङ्गले चितवनमै हाइलेज उत्पादन गरेर तीनहजार टन हाइलेज निर्यात गर्न सफल भईसकेको जानकारी दिए ।  हाइलेज सँगै आगामी दिनमा अन्य कृषिजन्य उत्पादन गर्ने र निर्यात गर्न प्रयास गरिने उनको भनाई थियो । हाईलेज निर्यात गर्न गतबर्ष नेपाल सरकार र चीन बीच द्धिपक्षीय सम्झौता भएको थियो । 

नेपालका लागि चीनिया राजदुत चेनले हाइलेज निर्यात संगै चीन रनेपालबीच थुप्रै संभावनको ढोका खुलेको बताए । ‘यसले ट्रेड कनेक्टिीभीटी, रोड कनेक्टीभीटी र व्यापार प्रर्वद्धनमा योगदान र आयाम थपिएको छ , उनले भने, यसले दुई देशबीचको मित्रता र सम्बन्ध थप प्रगाढ समेत हुनेछ ।’ 

कार्यक्रममा चीनका विभिन्न क्षेत्रका प्रतिनिधि मण्डल , सिगात्से शहरका उपमेयर, कृषि विभागका महानिर्देशक , कर्मचारी, भरतपुर महानगरपालिकाका उपमेयर तथा कर्मचारी तथा राजनीतिक दलका नेता तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्