आईक्यानको नवौं परिषद्को तेस्रो कार्यकालको अध्यक्षमा काफ्ले



काठमाडौं,असार ३१ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नवौं परिषद्को तेस्रो कार्यकालको अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।

सुजनकुमार काफ्ले अध्यक्ष  र प्रवीणकुमार झा उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनीहरूलाई शुक्रवार एक कार्यक्रमबीच निर्वाचन अधिकृत पद्मप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए । उक्त प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष भाष्कर सिंह लाला, पार्षद तथा संस्थाका कार्यकारी निर्देशक लगायत कर्मचारीको उपस्थिति थियो ।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको औपचारिक शपथ ग्रहण तथा पदभार हस्तान्तरण साउन ५ मा गरिने संस्थाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्