विक्री गर्न ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट



दमक,असार ३१ । झापामा बिक्री गर्नका लागि ल्याइएका सडेगलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ । 

पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार प्रक्रिया पूरा गरी आवश्यक कागज पत्रसहित ल्याएको अन्दाजी ४ लाख २० हजार मूल्यको १४ सय किलाेग्राम माछा सडेगलेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ७५१० न.को माछा लोड रहेको पिक अप गाडी आफै अनियन्त्रित भई पल्टिएर माछा, आइस छरपस्ट भएपछि छरपस्ट भएका माछा बटुलेर अर्को गाडीमा हालेर ल्याएको माछा चेकजाँचको क्रममा कुहिएको फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्