दोलखा गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन



दोलखा,असार ३१ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो। 

नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापति समेत रहेका तामाङ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तामाङको आइतबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका तामाङको उपचारका क्रममा निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्