जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु
रोल्पा,असार ३१ । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको जंगली च्याउ खाँदा मृत्यु भएको हो ।
च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । उनीहरूको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

