मालबाहक ट्रक दुर्घटना, पाँच घाइते



कालिकोट,साउन १ । कर्णाली करिडोरको जाजरकोट सडक खण्डमा मालवाहक ट्क दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिका –६ को कट्टेखोलामा सो ट्रक आज दुर्घटनामा परेको हो ।

हुम्लाबाट सुर्खेततर्फ जाँदैगरेको भे १ ख ३०१३ नम्वरको ट्रक दुर्घटना हुँदा पाँच जना घाइतेभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सहचालकसहित पाँच जना घाइते भएको प्रहरीको भनाइ छ ।

गाडीचालक दैलेख ठाटीकाँध –१ का मिनवहादुर तिरुवा सकुसल छन् । पचालझरना गाउँपालिका –६ का स्थानीय गौरीप्रसाद संज्यालकाअनुसार चालक सकुसल रहेका छन् ।  सहचालक दैलेख दुल्लु नगरपालिका –१ का कबि पोख्रेल र पचालझरना गाउँपालिका –६ का गणेशदत्त संज्याल, मेगराज संज्याल, आनन्द संज्याल र कुशराज संज्याल घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्