सिनामंगलमा शंकास्पद वस्तु भेटियो
काठमाडौं,साउन ३ । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ ।
हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासँगै शंकास्पद वस्तु फेला परेको हो ।
खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । उक्त बस्तु बम भएको हुन सक्ने आशंका पछि नेपाली सेनालाई बोलाइको छ । बम भेटिएको ठाउँमा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको चिठि समेत फेला परेको छ ।

