महामन्त्रीद्वय गगन–विश्वलाई चेतावनी–‘तपाईंकै विकल्प खोज्न नपरोस्’
काठमाडौं,साउन ३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चेतावनी दिएकी छिन। जारी केन्द्रिय समिति बैठकमा खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिएकी हुन् ।
सभापति देउवाबाट केन्द्रिय समितिमा मनोनीत भएकी खतिवडा पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन। पहिलो बैठकमै खतिवडाले महामन्त्रीलाई दायरा फराकिलो बनाउन सुझाव समेत दिइन।
“महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,”खतिवडाले भनिन,“सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस्।” उनले महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने चेतावनी दिइन।
सभापति देउवाले सुनसरीमा क्षेत्रीय सभापतिमा चुनाव लडेर हारेकी खतिवडालाई वैकल्पिक बाटोबाट महाधिवेशन प्रतिनिधि बनाउँदै केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

