सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस



काठमाडौं,साउन ४ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन सिफारिस गरिएको हो ।विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गर्न अर्थ मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागले जनाएको छ ।

भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गर्न अर्थ मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्