युवा संघले सुन प्रकरणविरुद्ध मशाल जुलुस निकाल्यो



काठमाडौं,साउन ५ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रबार सुन प्रकरणविरुद्ध मशाल जुलुस निकालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेक जाँच गरेर बाहिर निकालिएको तस्करीको सुनविरुद्ध युवा संघले राँके जुलुस निकालेको हो।

सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको भन्दै संघले खबरदारीको निम्ति मशाल जुलुस निकालेको जनाएको छ । 

उसले भनेको छ,‘कानुन सबैको निम्ति बराबर हुनुपर्छ।’ उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्