आज दिनभर विद्युत् आपूर्ति बन्द हुने, कुन स्थानमा कति बजे आउँछ बत्ती ?
काठमाडौं,साउन ६ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै शनिवार काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
‘लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईओटामध्ये एकओटा पावर ट्रान्सफर्मर बन्द (Shutdown) गर्नुपर्ने भएकोले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको उल्लेखित फिडरहरूमा विद्युत सेवा प्रभावित हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त समयमा विद्युत प्राधिकरणद्वारा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने सूचनामा उल्लेख छ ।


