झापामा एक वर्षमा हात्तीको आक्रमणमा ८ जनाको मृत्यु



झापा,साउन ६ । झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७९-८० मा मानव हात्ती द्वन्द्वका क्रममा  झापामा मात्रै ८ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएको  डिभिजन वन कार्यालय झापाले जनाएको छ  ।

यस अवधिमा दुई गैह्र नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।  यसै गरी  यस आर्थिक वर्षमा  दुई वटा हात्ती समेत विद्युतीय तारमा पारी मारिएका छन् ।  हात्तीको आक्रमणमा परि ज्यान गुमाउने  गैह्र नेपालीमा एक जना भुटानी र एक जना भारतीय नागरिक रहेको डिभिजन   वन कार्यालय झापाले जनाएको छ ।  

हात्तीका कारण ज्यान गुमाउने गैह्र नेपालीको हकमा  राहत रकम पाउने व्यवस्था नरहेको जिल्ला वन कार्यालय झापाकी सूचना अधिकृत अञ्जना पुरीले बताए । यसै गरी झापामा पछिल्लो १२ वर्षमा मात्रै हात्तीको आक्रमणमा परि ६१ जनाको ज्यान गएको छ जसमा ७ जना विदेशी नागरिक समेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस्