धरानमा गोली हानी एक युवकको हत्या



धरान,साउन ६ । कोशी राजमार्गको धरान ईटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी रहेको प्रहरीले जनाएको   छ । मृतक चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउकुमार लिम्बुले बताउनुभयो । 

धनकुटा घुमेर घर फर्कँदै गरेका रोहित र उहाँकी प्रेमीका सुमना खत्री धरान इटहरी सडक खण्डको सेउती पुल कटेर पानी पिउनको लागि रोकिएको अवस्थामा पैदल हिँड्दै आइरहेका ३ जना युवाले गोली प्रहार गरी मोबाइल र पैसा लुटेर लुटेराहरू फरार मृतक चौधरीसँगै रहेकी सुमनाले प्रहरीलाई बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्