सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुपर्छः मन्त्री भण्डारी



काठमाडौं,साउन ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताएका छन् । बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरुलाई पनि बढाएर लगिने बताएका हुन् ।

उनले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जन र बिस्तार गर्नुपर्ने बताए । मन्त्री भण्डारीले न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड लगायतका कामहरु अहिले भइरहेको बताए ।

‘राज्यले सामाजिक सुरक्षा योजनाहरु सञ्चालन गर्नुको पछाडी केही आधारभुत मान्यताहरु हुन्छन् । खासगरी गरिबी निवारणमा टेवा, श्रम बजारमा श्रम शक्तिको आकर्षण, नेपालको श्रम बजारमा सामाजिक सुरक्षाको अभावको कारणले गर्दा अत्यन्त न्युन ज्यालामा काम गर्ने नेपाली श्रमशक्ति विश्व बजारमा जान बाध्य भइराखेको छ’ उनले भने, नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको छ । यि विषयहरुलाई समेत सम्बोधन गर्नेगरी सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुको विकल्प छैन ।’

आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरुमा हामी काम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्