ट्रक,ट्रक ठोकिदा एकको मृत्यु



भरतपुर,भदौ २३ । पूर्व पश्चिम राजमार्गको झुरझुरेमा शनिवार  बिहान ०६ः२५ बजे दुर्घटना  हुँदा एकको मृत्यु भएको छ । 

जिल्ला  प्रहरी कार्यालय चितवनका अनुसार  राप्ती नपा. ३ झुरझुरे स्थित  वासुकि पेट्रोल पम्प अगाडि पूर्वपश्चिम राजमार्गमा भन्डाराबाट पूर्व तर्फ जाँदै गरेको प्र.२.३.००२ ख ५६०९ नम्बरको ट्रक र  विपरीत  दिशा तर्फ आउँदै गरेको ना ३ ख ५४८८ न. को ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना ना भएको हो । 

चितवनका प्रहरी नायव उपरीक्ष विजय पण्डितका अनुसार दुर्घटनामा मृत्यु  ना.३.ख ५४८८ को ट्रक चालक  जिल्ला नवलपुर गैँडाकोट १ बस्ने  वर्ष   ४२ को प्रकाश कुँवर रहेका छन् । 

टाउको,शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर घाइते भई  पुरानो मेडिकल कलेजमा उपचारको क्रममा ०७ः१५ बजे मृत भएको प्रहरीले जनाएको छ । 

यस्तै दुर्घटनामा घाइते हुने   बौधिमाई २ बस्ने वर्ष १८ को रबिन कुमार यादव र  बारा निजगढ ४ बस्ने वर्ष २८ को निकेश राउत कुर्मीको अहिले चितवनमै उपचार भइरहेको छ । 

यादवको अवस्था गम्भीर रहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्