होल्डिङ सेन्टरमा अस्पताल चलाउन गृहकार्य
धनगढी,असोज १ । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो।
त्यसका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।
कोरोना महामारीका बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनाइएको थियो।

