चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा पुगे

काठमाडौँ,असोज १० । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुगेका छन्। चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले आज बेलुका भेटवार्ता गर्नेछन् ।
तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवम् कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । आउँदो शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।