प्रधानमन्त्री प्रचण्ड नियमित स्वास्थ्य जाँचका लागि नर्भिकमा
काठमाडौं,असोज ३० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उहाँ नियमित स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट फर्कनेछन ।
शर्माले भने, “प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका हुन । स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट बालुवाटार फर्किन्छन ।”

