दुर्घटना हुँदा लिम्बुको मृत्यु



झापा,कात्तिक २ । झापाको भद्रपुर नगरपालिकामा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । 

बुधवार बेलुका  मेची राजमार्ग अन्तरगत भद्रपुर नगरपालिका वडा नं. ८ स्थित नमुना टोल नजिकै मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ५१ वर्षीय योगप्रसाद लिम्बुको ज्यान गएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएपछि गम्भीर घाइते बनेको भद्रपुर नगरपालिका वडा नं. १ का लिम्बुलाई उपचारका लागि ओमसाइ पाथीभरा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्