एमालेले चाडपर्वलक्षित चियापान कार्यक्रम १४ गते गर्ने



काठमाडौं,कात्तिक २ । नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कार्यक्रम आयोजना हुने जानकारी दिए । उनले भने, “पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपालीको महान् चाडहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।”

उनका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ र विशेषज्ञहरुलाई आमन्त्रण गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्