जनताले परिवर्तन खोजेका छन् : सभापति लामिछाने



पोखरा,पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठूलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताएका छन् । पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उनले यस्तो बताएका हुन् ।  

पूर्व गृहमन्त्री एवम् सांसद लामिछानेले भने, “परिवर्तन गाई कि त्रिशूल गरी आएको होइन, तर फेरि पुरानै बाटोमा हामी जानु हुँदैन।  अब जनताले अवस्था परिवर्तन खोजेका छन्। ” सिसाकलमदेखि हवाइजहाजसम्म खरिदमा कमिसन खाने प्रणाली बसेको दाबी गर्दै उनले यसले देशलाई गलत बाटोमा लगेको टिप्पणी गरे । 

उनले देशको अवस्था बुझेकालाई झकझक्याउन हिँडेको जनाउँदै रास्वपाले अवस्था परिवर्तन गर्ने उल्लेख गरे।  “बेइमान नेतृत्व भए जुनसुकै व्यवस्थाले पनि समृद्धि आउँदैन।  प्रदेश संरचना कि सुधार्नुपर्छ कि हटाउनुपर्छ।  यसले रिजल्ट दिएन, नेता, कार्यकर्तालाई जागिरमात्र खुवायो,” उनले भने।  

प्रतिक्रिया दिनुहोस्