बाघको आक्रमणबाट बालकको मृत्यु
बर्दिया,पुस ७ । बर्दियामा पाटे बाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका –४, बैरिया गाउँका १२ वर्षीय सुमित थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्थानीय जिरा सामुदायिक वनमा बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि आरसी. थारु मेमोरियल अस्पताल जयनगरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

