हराएका ब्यक्ति मृत फेला
गुल्मी,पुस ७ । गुल्मीमा मंसिर १ गतेदेखि हराएका ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
चुँदाराको शव अर्जुनडाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
गत मंसिर १ मा घरबाट हिंडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए ।शवलाई स्थलगत मुचुल्का तयार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

