सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु



सिन्धुली,पुस ९ । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध गरिएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बसकाे ठक्करबाट खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएकाे छ भने मृतक बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्