दुप्चेश्वर मन्दिरको भेटी रकम झण्डै पाँच लाख



नुवाकोट,पुस १२ । नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिर मा झण्डै पाँच लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ। यस वर्ष धान्य पूर्णिमामा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो। 

दुप्चेश्वर क्षेत्र विकास कोषले बिहीबार दान तथा भेटीको गणना गरी सार्वजनिक गरेअनुसार हाटकर तथा भेटी ४ लाख ९३ हजार ८६५ रुपैयाँ सङ्कलन भएको हो। कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले मेलामा पार्किङ तथा जुत्ता चप्पल व्यवस्थापन वापतको रकम भने गन्न बाकी रहेको बताए ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा हजारको ५ हजार रुपैयाँ, पाँच सयको ११ हजार पाँच सय रुपैयाँ, १ सयको १ लाख ११ हजार ७ सय, ५० को ९३ हजार ६५० रुपैयाँ, २० को ७३ हजार ६ सय रुपैयाँ, १० को ७२ हजार ९४० र ५ को ६३ हजार ५ रुपैयाँ संकलन भएको छ । कोषले भेटी गणना स्थानीय राजनीतिकर्मी,अगुवा युवा लगायतको उपस्थितिमा गरेको थियोे । कोषाध्यक्ष श्रेष्ठले पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको सहि व्यवस्थापनका लागि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्