नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप



काठमाडौं,पुस १५ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । 

कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ । 

हेस्टरका प्रमुख डा. सुलोचना श्रेष्ठले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको बताइन। “उत्पादनका लागि सबै प्रकारको परीक्षण भइसकेका छन् । अब बजारमा पठाउन अनुमतिका लागि औषधी व्यवस्था विभागमा निवेदन दिएका छौँ,” उनले भनिन, “त्यहाँबाट अनुमति प्राप्त गरिसकेपछि उत्पादन सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्