नुवाकोट शिवपुरीमा भएको दुई दिने ‘खोलेगाउँ महोत्सव’ सम्पन्न, ५ लाख बढीको कारोबार
नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ मा भएको दुई दिने ‘खोलेगाउँ महोत्सव’ सम्पन्न भएको छ ।
स्थानीय सामग्रीको बजारीकरणका लागि आयोजना गरेको दुई दिने खोलेगाउँ महोत्सवमा ५ लाख बढीको कारोबार भएको आयोजक शिवपुरी गाउँपालिका वडा नम्बर ६ ले जनाएको छ ।
गत पुस २९ र माघ १ गते भएको दुई दिने महोत्सवको उद्घाटन शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले गरेका थिए भने समापन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।
महोत्सवमा स्थानीय उत्पादन घ्यू, मह, बेसार, साग, भोगटे, उखु, गुन्द्रुक, हँसिया, खुकुरी, परालको गुन्द्री,मुढा आदि आकर्षक थिए । महोत्सवमा विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

