प्याजको मूल्य ४२ प्रतिशतले घट्यो
काठमाडौं,माघ ४ । पछिल्लो एक महीनामा सुकेको प्याजको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा सुकेको प्याजको आगमन १३६ बढेको छ ।
गत महीनामा २८ हजार ५ किलोग्राम सुकेको प्याज कालीमाटी भित्रिएको थियो भने बुधबार ६६ हजार २५३ किलोग्राम प्याज भित्रिएको समितिले जनाएको छ ।
बजारमा प्याजको आगमन बढ्दा मूल्य भने ४२ प्रतिशतले घटेको छ। एक महीनाअघि प्रतिकिलो १४३ रुपैयाँ औसत मूल्य रहेको सुकेको प्याजको मूल्य बुधबार ८२ रुपैयाँ छ ।

