सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहरिए सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ



काठमाडौं,माघ ७ । व्यवसायी तथा पूर्व संसद इच्छाराज तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । सिभिल सहकारीका संचालक समेत रहेको तामाङलाई विशेष अदालतले सदोषी ठहर गरेको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारवीबाबु श्रेष्ठको इजलासले उनलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै सदोषी ठहर गरेको हो । कसूर निर्धारणका लागि भने आगामी माघ २१ गतेका लागि इजलास तोकिएको छ । सोही इजलासले उनलाई सजाय निर्धारण गर्नेछ ।

सिभिल सहकारीका पूर्व अध्यक्ष रहेका तामाङसहित उनको परिवारका ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत वर्ष २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । तामाङकी श्रीमती, दुई छोरी र सहकारीका तत्तकालिन अध्यक्ष केवलाल श्रेष्ठ र उनी श्रीमती बिना श्रेष्ठ लगायत ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्