पाटे बाघ मृत भेटियो
धनगढी,माघ ७ । कैलालीमा पाटेबाघ मृत भेटिएको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।
बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो ।
घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ ।

